बुधबार, बैशाख १२, २०८१

हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने

काठमाडौं जेठ २६ , मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीका कारण वर्षाको संभावना औल्याएको छ । प्रस्तुत वायुको कारण आइतवार रातभरी काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न भागमा मेघगर्जन सहित अविरल वर्षा भएको जनाएको छ ।

त्यस्तै सोमवार पनि देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जनाउनुको अलावा महाशाखाले  अझैपनी प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैवीच महाशाखाले यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने जनाएको छ । नेपालमा मनसुन भित्रिने समय आउन दुई दिन मात्र बाँकी छ तर मनसुनको कुनै लक्षण नभएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हरेक वर्षको जुन १० तारिख मनसुन सुरु हुने मिति हो । पूर्वमनसुनी गतिविधि र अन्य मौसम प्रणाली अझै सक्रिय रहेकाले मनसुनका लागि उपयुक्त वातावरण बन्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र निसर्ग चक्रवातपछिको विहारमा रहेको न्यून चापीय प्रणालीको असर कायमै रहेको जनाएको छ ।

यसैवीच महाशाखाले आज जारी आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ : 

आगामी तिन दिनको मौसम पूर्वानुमान

जेठ २६ गते (सोमबार)

दिउँसोः प्रदेश १, बागमती, गण्डकी, र कर्णाली प्रदेशहरुमा सामान्य बदली  तथा बाँकी  प्रदेशका भू-भागहरुमा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका  एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः   प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ।

जेठ २८ गते (बुधबार)

दिउँसोः देश भरि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, बागमती, गण्डकी प्रदेशका भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश,  तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको  सम्भावना रहेको छ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।