बिहिबार, बैशाख १३, २०८१

सामाजिक अभियन्ता बिष्टलाइ कोभिड हिरो एवार्ड

काठमाडौं जेठ २४ , विपदको समयमा मनकारी सहयोग गर्दै समाज सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका सामाजिक अभियन्ता हरि बिष्ट सम्मानीत भएका छन ।
नेपाल तरुण दल सुर्खेतका अध्यक्ष समेत रहेका बिष्टलाइ अमेरिकास्थित हामी नेपाली ग्लोवल नामक संस्थाद्दारा कोभिड १९ जोखिमबाट प्रभावित विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति र बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका नेपाली विद्यार्थीका लागि खाधान्न् लगायतका सामाग्री उपलब्ध गराउदै सामाजिक अगुवाको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकै कारण उक्त संस्थाले कोभिड हिरो एवार्डबाट सम्मानीत गरेको हो ।

त्यस्तै आफुले प्राप्त गरेको सम्मान समेत विष्टले आफ्ना सम्पूर्ण शुभचिन्तक साथी संगै संकटको यस विषम अवस्थामा समर्पण गर्दै उहाहरुकोनै आशिर्वादको श्रेय भएको बताउनुभएको छ । विष्टले भारत र नेपालमा दुरदराजमा मात्र नभएर भारतका विभिन्न ठाउँबाट आइरहेका नागरिकलाई पनि खाजा–खानाको व्यवस्था गर्दै आइरहेका छन्।

अमेरिका स्थित Hami Nepali Global द्वारा  बिश्वव्यापी माहामारी चलिरहेको बेलामा समाजमा उल्लेखनीय काम गर्ने ब्यक्ती र संस्थालाइ सम्मान गर्दै आएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।