काठमाडौं जेठ २१ सरकारले ल्याएको बजेटले आफ्ना समस्या सम्बोधन नगरेको भन्दै साना तथा मझौला होटल व्यवसायीहरुले देशभरका होटल बन्द गर्ने चेतावनी दिएका छन् । कोभिड १९ को संक्रमणबाट बच्न लागु गरिएको लकडाउनका कारण विगत करिब तीन महिनादेखि बन्द रहेका व्यापार व्यवसाय र तिनमा परेको प्रत्यक्ष असरका कारण थला परेका व्यवासायीको सम्बोधन हुने गरी सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने आशा गरे पनि सरकारका तर्फबाट त्यसखालको कुनै पनि योजना नल्याइएकाले अझै पनि सरकारलाई आफ्ना समस्या बुझिदिन र ती समस्याको समाधानका लागि सम्बोधन गरिदिन सरकार समक्ष आग्रह गरेको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमति प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो ।
सोमबार र मंगलबार बसेको प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अध्यक्ष तथा काठमाडौँमा रहेका १० वटा इकाइसंघका अध्यक्ष सहितको संयुक्त बैठकले उक्त निर्णय गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघका महासचिव दामोदर नेपालले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले लकडाउन लागू गरेको र त्यसका कारण सम्पूर्ण रुपमा बन्द रहेका होटल तथा पर्यटन व्यवसाय अब उठ्नै नसक्ने गरी थला परेका छन् भने लकडाउन खुलेपछि पनि होटल तथा पर्यटन व्यवसाय यथा अवस्थामा सुचारु हुन कम्तिमा पनि एक वर्ष लाग्ने निश्चित प्रायः छ । बन्दका कारण एकातर्फ व्यापार पूर्ण रुपमा ठप्प छ भने अर्कोतर्फ घरभाडा तिर्न नसक्दा घरधनीले आफ्नो व्यवसायमा ताल्चा लगाइदिने धम्की दिने क्रम शुरु भएसंगै यस क्षेत्रका व्यवसायी पलायन हुने संभावना बडेको बताउनुभयो ।
साथै उहाँले व्यवसायीलाई राहत महशुस हुने खालको योजना सरकारले बजेट मार्फत ल्याउनु पर्थ्यो जसका लागि हामीले बजेट आउनुभन्दा अगावै हाम्रो मातहतका संघ मार्फत १३ वटै जिल्लाबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई र प्रदेश कमिटीले मुख्यमन्त्रीको कार्यालयमा आफ्ना समस्याहरु सहित राहत सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ९ बुँदे ज्ञापन पत्र बुझाउदा पनि आफ्ना माग सम्बोधन नभएको बताए ।
यद्यपी माग सम्बोधनका लागि पर्यटन मन्त्रालय मार्फत पहल गर्ने अन्तिम प्रयास जारी रहेको बताउदै यसवीचमा पनि कुनै सम्बोधन नभए ७७ वटै जिल्लामा रहेका होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा बन्द गरी सरकारलाई साँचो बुझाउने सम्मको निर्णय भएको जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संकल्प प्रस्ताव पारित :३० दिनभित्र विश्वासको मत नलिए नयाँ सरकार गठनको आव्हान
- सहकारी ठगी प्रकरण : सुप्रिमका अध्यक्ष ओमप्रकाशलाई थुनामा पठाउन आदेश
- प्रमिलाको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान