शुक्रबार, चैत्र १६, २०८०

सहकार्यको सत्प्रयास सहित १९ वडा सरोकार मञ्च अस्तित्वमा

काठमाडौं जेठ २३, विश्वव्यापाी कोभिड संक्रमणको रोकथामका वडास्तरिय स्वयमसेवी भूमिका निर्वाहमा प्रतिवद्ध हदै क्रियाशील वडा न १९का स्थानीय युवाहरुको पहलमा वडाको चौतर्फी विकासमा समेत सहकार्य गर्ने लक्ष्यअनुरुप १९ वडा सरोकार मञ्च नामको सामाजीक संस्था अस्तित्वमा आएको छ ।

काठमाडौं महानगरपालिका अन्र्तगत रहेका ३२ वटा वडा मध्ये वडा न. १९ मा रहेको सामरिक महत्वका मुर्त तथा अर्मुत सम्पदा , भौतिक विकास लगायतका यावत जन सरोकारका विषयगत कामकारवाहीमा सरोकारवाला निकाय संग काँधमा काँध मिलाउदै वडाको समुन्नत विकासमा सहकार्य गर्ने लक्ष्य सहित स्थानीय सुमन खडगीको संयोजकत्वमा तत्काललाइ सात सदस्यीय कार्य संस्थागत सरचनामा रुपान्तरण गरिएको छ ।

कार्यसमितिको उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमस निरन शाही, हिमााल डंगोल , गोविन्द श्रेष्ठ, र एलिना शाही रहेकी छन भने सदस्यहरुमा कपिल डंगोल र सुनिल महर्जन रहेको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

मञ्चको मौजुदा कार्य समितिलाइ श्रृखलागत प्रारुपमा विस्तारित गर्दै लैजाने तयारी समेत रहेको बताईएको छ । मञ्चका सचिव डंगोलले जानकारी दिदै मञ्चले दिनानुदिन पृथक एवम नविनतम लक्ष्यलाइ आफ्नो प्रस्थान विन्दु बनाउदै कार्यारम्भ गर्ने योजना रहेको बताए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।