शुक्रबार, चैत्र १६, २०८०

ससंद बैठकमा गगनको गर्जन: रूकुम चौरजहारी घटनाको संसदीय समितिबाट छानबिन गर्न माग

  • अमानवीय र क्रूर घटनालाई भवितव्य हो भन्दै संसदले टुलुटुलु हेरेर बस्न  किमार्थ मिल्दैन:  सासंद थापा 
  • गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानविन समितिले न्याय दिन  सक्दैन  :  सासंद  विश्वकर्मा   

काठमाडौं जेठ १९, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा वोल्दै काँग्रेस सासंद गगन थापाले गत १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानबीन गर्न सर्वदलीय संसदीय समिति बनाउन माग गर्नु भएको छ ।

अन्तर्जातीय प्रेममा रहेका नवराज विक आफ्नी प्रेमिका लिन जाजरकोट जाँदा उनी र उनका पाँच जना साथि मारिदै गर्दा दलितका हक अधिकार रक्षाको लागि प्रभावकारी कानुन बनायौ भन्दै गर्व गरिरहँदा रूकुम चौरजहारीको नरसंहारका कारण आफ्नो अनुहार एैनामा हेर्न समेत लामजर्दो स्थित सिर्जना भएको  बताउदै नेता थापाले ले अनुहारमा कालो पोतिएको भन्दै थापाले भने, ‘दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको बताउनुभयो ।

यद्यपी घटना त घटिसेको छ तर राज्यको यो निकिष्ट  लाचारीपन लाइ संसदले टुलुटुलु हेरेर बस्न नमिल्ने  जिकिर सहित अमानवीय र क्रूर घटनालाई भवितव्य हो भन्दै संसदले टुलुटुलु हेरेर बस्ने  किमार्थ नमिल्ले जनाउ सहित घटनाको निष्पक्ष छानििवनका लागि  सर्वदलीय संसदीय समिति बनाउन माग गर्नु भएको हो ।

त्यस्तै कांग्रेसकै अर्का सासंद मानबहादुर विश्वकर्माले पनि रुकुम घटनाको छानविनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिनु भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध गरेसंगै सभामुखले दिनुभएको समयमा बोल्दै सासद विश्वकर्माले चौरजहारीमा घटनाको संसदीय समितिबाट छानबिन हुनुपर्ने बताउनुभएको हो ।

आफ्नो भनाइ राख्ने क्रममा उहाँले गम्भिर घटना भएपनि चौरजहारी प्रकरणमा गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानविन समितिले न्याय दिन नसक्ने भन्दै उहाँले पनि ससंदीय छानविन समितिको  माग गर्नु भएको हो ।  ज्ञात रहोस , पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो । गाउँलेको आक्रमणबाट उनीहरुको मृत्यु भएको अझै पनि एकजना बेपत्ता रहेको अवस्था रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।