बिहिबार, बैशाख १३, २०८१

सर्बोच्चले भन्यो- बिदेशमा अलपत्र कामदारलाइ सरकारी कोषबाटै उद्धार गर्नु

काठमाडौं असार ३ , बिदेशमा अलपत्र कामदारलाइ उद्धार गर्दा उनीहरुबाट भाडा नलिन सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ। वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा पुगेर कोभिड–१९ कारण अप्ठेरोमा परेकाहरुलाइ सरकारी कोषबाटै उद्धार गर्न आदेश दिएको हो।

अधिवक्ता सोमप्रसाद लुइँटेलसहित चारजनाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले वैदेशिक रोजगारी कल्याणकारी कोष’मा उनीहरुको योगदान रहने भन्दै आदेशमा कार्यविधि बनाइ अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न यस्तो आदेश दिएको हो ।

यसअघि सरकारले विभिन्न देशबाट तत्काल २४ हजार नागरिकलाई उद्धार गरी ल्याउने र उनीहरुबाट लिने भाडासमेत सरकारले सार्वजनिक गरेपछि दायर सर्वोच्चमा रिट निवेदन दायर भएके थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।