शुक्रबार, चैत्र १६, २०८०

सरकारलाइ गगन को प्रश्न- यो क्वारेन्टाइन हो कि, मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प हो ?

काठमाडौ जेठ २७, संघीय ससंदको आजको बैठकमा काँग्रेस सासंद गगन थापाले कोभिड १९- नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब संसदलाइ जानकारी गराउन सरकारसँग माग गरेको छ । त्यस्तै सांसद थापाले संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सतर्कताका बारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दौ आक्रोश पोखेका छन ।

उनले भने, “न हाम्रो सुन्यो , न अदालतको सुन्यो , न प्रेसको सुन्यो , न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको बताए ।

त्यस्तै सासंद थापाले ५ वटा पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाव देखाउनु पर्दैन भन्ने प्रश्न गर्दै एक एक रुपैयाँको हिसाव चाहिन्छ । यस्तो राष्ट्र विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब लिप्त हुनु सरकारको निर्लज्जताको पराकाष्ठा भएको भन्दै क्वारेन्टिन मान्छे मार्ने क्याम्प भएको भन्दै सरकारले यसबारेमा जवाफ दिनुपर्ने बताए ।

साथै सासद थापाले भने देशका नागरिक कोभिड परीक्षण नभएर छटपटाइरहेका बेला सरकारले परीक्षणको दायरा साघुरो बनाउँदै छ, अब क्वारेन्टिनमा बसेका मानिसको पीसीआर परीक्षण नगर्ने रे रु मरेको मान्छेको स्वाव संकलन नगर्ने रे । अब संक्रमित मानिसलाई १४ दिन क्वारेन्टिन राखेपछि घर पठाउने बेलामा पनि परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ परीक्षण नै बन्द गर्दिने, अनि नेपाललाई कोरोना मुक्त देश भनिदिने’, व्यंग गर्दै सांसद थापाले भने, परीक्षण नभएपछि संक्रमित एक जना पनि देखिदैन यसको जवाफ चाहियो जिम्मा कसले लिने हो रु भन्दै प्रश्न गरेका छन ।

 त्यस्तै निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै सासद थापाले प्रश्न “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?”कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने अन्यथा अव काँग्रेस चुप लागेर नबस्ने बताए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।