शुक्रबार, चैत्र १६, २०८०

समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबाको निधन

काठमाडौ असार ६ , समाजसेवी तथा शिक्षाविद् एवम् पहिलो महिला क्याम्पस प्रमुख अङ्गुरबाबा जोशीको आज ८९ वर्षको उमेरमा महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

काठमाडौ  डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मनुभएका जोशीको काठमाडौस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान रहेको छ । स्व जोशीको दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।