शुक्रबार, चैत्र १६, २०८०

संक्रमितको सख्या बढ्ने क्रमसंगै अक्सिजनको अभाव हुन सक्ने तर्फ सचेत हुन WHO को आग्रह

समाचार एजेन्सी असार ११, विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रुपमा फैलिएको विश्वव्यापी कोभिड १९को संक्रमितको दिनानुदिन बढ्दै गर्दा अक्सिजनको अभाव हुन सक्ने संभावना औल्याएको छ ।

संगठनका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६।२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको जनाउदै संक्रमितको सख्या बढ्ने क्रमसंगै अक्सिजनको माग र आपुर्तिमा देखिएको असन्तुलनका कारण अभावको हुन सक्ने बताएको हो ।

अहिले पनि कयौं देशले अक्सिजनको अभाव झेलिरहेको बताउदै संक्रमितको सख्या अझै बढ्ने संभावना सहित विद्यमान विषम अवस्थाको गम्भीरतालाइ मनन गर्दै अक्सिजन उत्पादन गर्ने मेसिन बनाउनतर्फ ध्यान दिन डब्लुएचओले आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।