शुक्रबार, चैत्र १६, २०८०

संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाडौं जेठ २७, नेपालमा कोभिड संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बुझिएकोछ ।

नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल रिफर गरिएका उनको आज उपचारको क्रममा बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।