बुधबार, बैशाख १२, २०८१

श्रवण विहिन महिलाकाको वृति विकासमा योगदान गर्दै आइरहेका सस्थालाइ खाद्यान्न सहयोग

काठमाडौं जेठ २४ , विपदको समयमा मनकारी सहयोग कार्यक्रम अन्र्तगत ललितपुर मानभवनस्थित बहिरा महिलाका श्रृजनशिल हातहरु नामक सामाजीक संस्थालाइ ताइवानमा रहनुभएका मनकारी व्यक्तित्व एवम साउण्ड अफ हिमालय संग आवद्ध व्यक्तित्व कर्मा दिनभुपले खाद्यान्न लगायतका राहत समाग्री नेपाल स्थित आफ्ना सहयोगी मार्फत उपलब्ध गराउनु भएकोछ ।

कोभिड संक्रमण र जारी बन्दाबन्दीका कारण संस्थामा आश्रित दुइदर्जन भन्दा बढी श्रवण विहिन महिलाकाको वृतिविकासमा योगदान गर्दै आइरहेका सस्थाका अध्यक्ष श्रृजना  बज्राचार्यलाइ नेपाल ताइवान एसोसिएशनको तर्फबाट नेपालका लागि संयोजक समेत रहनुभएका सुवोध प्रधान र केदारमान सिं लगायत उहाँका अन्य सहकर्मीटोलीले हस्तान्तरण गर्नु भएको सामाजीक अभियन्ता रमिला शाक्य श्रेष्ठले जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।