शुक्रबार, बैशाख ७, २०८१

विषयगत विज्ञहरुले प्रधानमन्त्री ओलीलाइ दिए यस्तो सुझाव

काठमाडौ जेठ २१, प्रधानमन्त्री केपी ओलीले कोभिड संक्रमणको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरूसँग परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलको क्रममा विज्ञहरुले जारी बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएको थाहा बुझिएको छ ।

त्यस्तै लामो समयसम्म जारी रहेको बन्दाबन्दी आदेश पछिल्लो सरकारले आगामी जेठ ३२ गतेसम्मका लागि थप गरेको छ । यद्यपी यसवीचमा बढ्दो संक्रमितको सख्या लगायतका विविध विषय केन्द्रीत छलफलमा लकडाउनका वीच पनि क्रमस आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्ने गराउने क्रमलाइ केहि सहज बनाइदै जानु उचित हुने विषयमा सकारात्मक छलफल भएको बताईएको छ ।

प्राप्त जानकारी अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ  लगायतको सहभागी रहनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु