बिहिबार, बैशाख १३, २०८१

वडा न. १९को पृथक पहिचान बनाउने लक्ष्य वोक्दै सरोकार मञ्चको कार्यारम्भ

काठमाडौं जेठ २५,  काठमाडौं महानगरपालिका वडा न. १९ मा आज नवगठित १९ वडा सरोकारमञ्चले परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कोभिड संक्रमणको जोखिमका कारण जारी बन्दान्दी आदेशकावीच सामाजीक दुरी कायम गर्दै आयोजित उक्त कार्यक्रमम वडाका स्थानीय संघसंस्थाका प्रतिनिधि ,भद्रभलाद्मी संगै उल्लेख्य वडाबासीको सहभागीता रहेको थियो ।

स्थानीय युवा सुमन खड्गीको संयोजकत्वमा समग्र वडामा हुने यावत विकास निर्माण देखि हरेक जन-चासोको विषयमा कुनैपनि आग्रह र पूर्वाग्रह विना स्थानीय निकायसंग हातेमालो गर्दै महानगरपालिकाका ३२ वटा वडा मध्ये सुशासनदेखि स्थानीय सामरिक मह्त्वका मुर्त, अमुर्त कलासंस्कृति , लगायतका अनेकन क्षेत्रमा पृथक पहिचान बनाउने प्रस्तुत संस्थाको आवश्यकता महसुस गर्दै सस्था अस्तित्वमा आएको  जानकारी दिईएको छ । त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र न. ८ अन्र्तगत रहेको वडा न .१९ अन्य वडाको तुलनामा इतिहासका कालखण्ड देखिनै बहुचर्चित वडा भएकै कारण यसको गरिमा थप प्रभावकारी बनाउदै जानु पर्छ भन्ने मुल अभिष्ट रहेको बताईएको छ ।

कार्यक्रममा वडा न.१९का स्थानी पूर्वमन्त्री नविन्द्रराज जोशी त्यस्तै संघीय संसद सदस्य जीवनराम श्रेष्ठ लगायतले कार्य व्यवस्ताका वाजुद कार्यक्रममा आउन नसके पनि संस्थाका सफलताका लागि शुभकामना दिनु भएको संस्थाका संयोजक खड्गीले बताए ।  तथापी कामपा वडा न. १९का वडाध्यक्ष शशिलाल श्रेष्ठले पवित्र लक्ष्यले अस्तित्वमा आएको मञ्चको अवधारणा ढिलै भएपनि स्वागतयोग्य भएको बताउदै  प्रस्तुत संस्था वडा विकासको  सहकार्यका लागि कोशेढुङ्गा  सावित हुने  विस्वास व्यक्त गर्दै संस्थागत सफलताको लागि शुभकामना दिनु भएको थियो ।

त्यस्तै संस्थाका  सल्लाहकार मनोज नेवा खड्गीले मञ्चको आवश्यकता यो वा त्यो कामका लागि मात्र नभइ समग्रमा सिङ्गो वडाको विकास लागि भएको जनाउ दिदै नवगठित मञ्च सवै वडावासीको साझा संस्था भएको बताउनुभयो । साथै उहाँले मञ्चका आवद्ध सक्रिय युवा जोशलाइ सार्थक बनाउन हामी सवैले आ-आफ्नो तह तप्काबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै मञ्चका अर्का सल्लाहकार श्रीजन झाले नवगठित संस्था वडा न.१९ का प्रत्येक स्थानीयको आवाजको प्रारुपमा मुखरित हुने विस्वास व्यक्त गर्दै संस्थागत सफलताको कामना गर्नु भएको थियो ।

नवगठित संस्थाका पदाधिकारीहरु क्रमस संयोजकमा सुमन खड्गी. उपाध्यक्षमा निरन शाही , सचिवमा हिमाल डंगोल, सहसचिवमा गोविन्द श्रेष्ठ ,कोषाध्यक्षमा एलिना शाही रहेका छन भने कार्यसमिति सदस्यमा कपिल महर्जन र सुनिल डंगोल रहेका छन । त्यस्तै सल्लाहकारद्दयमा मनोज नेवा खड्गी र श्रीजन झा रहनु भएको छ ।
साथै मौजुदा संस्थागत कार्य समितिलाइ आवश्यकता अनुसार विस्तार गर्दै लैजाने बताइएको छ । परिचयात्मक कार्यक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष एलिना शाहीले गरेकी थिइन । फोटो:  [सौजन्य युवराज शाही]

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।