शनिबार, बैशाख ८, २०८१

वडाव्यापी चर्चासंगै डिप वोरिङ्ग र फिल्टर जडान प्रकरणको सार्वजनिक सुनवाइ गर्ने तयारी

काठमाडौं जेठ २०, काठमाडौं महानगरपालिका वडा न. १९ को सर्वाङ्गिण विकास तथा जनसरोकारका यावत मुद्धामा बहस पैरवी गर्ने लक्ष्यका साथ अस्तित्वमा आएको १९वडा सरोकार मञ्चले आज स्थानीय वडा क्षेत्रमा क्रियाशील विभिन्न सामाजीक संस्थाका प्रतिनिधीसंग विशेष अन्तक्रिया गरेको छ ।

मुलत विश्वव्यापी कोभिड संक्रमणको जोखिमका कारण जारी बन्दाबन्दी आदेशका वीच बाग्मती प्रदेश सभाका सदस्य राजेश शाक्यले वडा न . १९ स्थित कंकेश्वरी झोलुङ्गेपुल परिसरमा रहेको डिप वोरिङ्गमा फिल्टर प्लान जडान गर्दै डिप वोरिङ्गबाट उत्पादन हुने पानीलाइ पिउने योग्य बनाउदै पानी वितरण गर्ने कार्य योजनाका लागि कुनै औपचरिक छलफल वा सार्वजनिक सूचना वेगर एकतर्फी रुपमा आफु निकट दलगत आस्थाका आधारमा उपभोक्ता समिति गठन गरेसंगै पछिल्लो समय डिप वोरिङ्ग र फिल्टर प्लान जडान प्रकरणले वडा व्यापी प्रारुपमा चर्चा पाएको हो ।

यसैक्रममा मञ्चले आज संयुक्त युवा क्लव , गंगा क्लव , सुन्तागल्ली क्लव, दमैचाघाट टोल सुधार समिति , ननिचा ल्याम्ह पुच: , चसान्दो झि पुच: , ढोकाटोल क्रियाशील समाज, यटखा वहाल सुधार समिति, खड्गी सेवा समिति, मुगल्ली टोल सुधार समिति, अशोक विनायक गुथि लगायतका दर्जनौ संघसस्थाका प्रतिनिधी संगको छलफलमा प्रदेश सभा सदस्य शाक्यले आफु निर्वाचित निर्वाचन क्षेत्र लक्षित गर्दै कार्यान्वयन गर्न खोजेको योजना आफैमा स्वागत योग्य हुँदाका वाजुद पनि स्थानीय सरोेकारवाला संघ संस्था, नागरिक समाजसंग समेत कुनै छलफल नगरी एकतर्फी प्रारुपमा उक्त योजना कार्यान्वयन गर्न खोजेकोमा आपत्ती रहेको बताउँदै मञ्चका संयोजक समेत रहेका स्थानीय सुमन खड्गीले योजना कार्यान्वयनका विस्तृत विवरणको माग गर्दै प्रदेश सासंद शाक्य त्यस्तैगरि वडा न. १९का वडाध्यक्ष समेतको ध्यानाकर्षण गराईएको बताए ।

त्यस्तै संयोजक खड्गीले प्रस्तुत योजना पिउने पानीको काकाकुललाइ आफ्नौ दैनिकी बनाउदै आएका काठमाडौं महानगर वडा न.१९का स्थानीय लक्षित हो भने विस्तृत योजना सहित छलफल सहित दिर्घकालिन सोच अनुरुप कार्यारम्भ गर्न कुनै समस्या नभएको भन्दै योजनाको कार्यान्वयन के ? र कसरी ? भन्ने विषयमा कुनै छलफल नै नगरी हतार हतारमा उपभोक्ता समितिको गठन संगै योजनाको कार्यान्वयन के ? र कसरी ? भन्ने विषयमा सार्वजनिक छलफलको माग गर्दै केहि साता भित्रनै सार्वजनिक सुनवाइ गर्ने छलफलको नितिगत निर्णय भएको मञ्चका सचिव हिमाल डंगोलले जानकारी दिएका छन [ फोटो सौजन्य युवराज शाही ]

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

१९ वडा सरोकार मञ्चद्दारा प्रदेशसभा सदस्य शाक्यको ध्यानाकर्षण