बुधबार, बैशाख १२, २०८१

ललितपुर मालपोतका अधिकृत ढकालविरुद्ध मुद्दा दायर

काठमाडौ जेठ २०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर मालपोत कार्यालयका अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले अधिकृत ढकाल विरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्धा दायर गरेको हो ।

आयोगद्दारा जारी विज्ञप्तिमा अधिकृत ढकालले अनाधिकृत रुपमा गरेको सम्पति साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्टे«लिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत जम्मा अनुसन्धानको क्रममा पाइएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले अनुसन्धानका क्रममा विसं २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत रहदाको अवस्थामा  अधिकृत ढकालले  रु १४ करोड ५३ लाख ८२ लाख ४९८ बराबरको खर्च तथा लगानी गरेका त्यस्तै निजको बैध आय भन्दा वढी खर्च गरेको रकमहरुको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर सहित  बिगो रु १० करोड २७ लाख ५८ चार सय ६१ रुपैया माग दावी गर्दै भ्रष्टाचार निवारण ऐन, अनुरुप कारवाहीको माग गरिएको छ ।

त्यस्तै आयोगले मालपोत अधिकृत ढकाल, उहाँको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध समेत विशेष अदालतमा मद्दा दायर गरेको ृल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।