शुक्रबार, बैशाख ७, २०८१

यातायात व्यवस्था कार्यालयका १७ जना भ्रष्टाचारी विरुद्ध मुद्धा दायर

काठमाडौ जेठ २५ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले आर्थिक अनियमिता गरेको पाइएसंगै मुद्धा दायर गरिएको आयोगले जनाएको    छ ।

त्यस्तै आयोगले आज दायर मुद्धामा तत्कालीन कार्यालय प्रमुख नेपालविरुद्ध रु १ करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गरेको छ भने तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल रु ३ करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया रु एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध रु ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गरिएको आयोगका आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा लेखा अधिकृत टीकाराम अधिकारी रु १ करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी रु ३ करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापालहरू रुद्रप्रसाद दाहाल रु ३ करोड ४८ लाख ९३ हजार २१६, अर्जुन भट्टराई रु दुई करोड १७ लाख ३२ हजार ४७३ र कृष्णप्रसाद कट्टेल विरुद्ध रु ७३ लाख ६२ हजार ४५५ र
कम्प्युटर अपरेटरहरू सुजन राई रु २२ लाख ४४ हजार ३३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान रु पाँच करोड ९४ लाख ९८ हजार ९३१ बराबरको बिगो दाबी गरिएको छ । कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल रु १ लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं रु २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध रु ४५ हजार ४६१ बराबरको बिगो दाबी गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु