शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ विदेशबाट स्वदेश आउन चाहने नागरिकका लागि नेपाली सेनाको निगरानीमा तय गरिएको मापदण्ड

काठमाडौं जेठ २० , विश्वव्यापी कोभिड संक्रमणको उच्च जोखिमकावीच विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिक जो स्वदेश फर्कन चाहेका छन , उनिहरुका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले को मापदण्ड तयार पारेको छ ।

सरकारले तयरा पारेको मापदण्ड अनुसार स्वदेश आउन चाहने नागरिकले अनिवार्य रूपमा कोभिड परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने भारतबाहेकका तेस्रो मुलुकबाट आउने यात्रुले हवाई उडान भाडा, यातायात र होटलमा बसेमा त्यसको खर्च स्वयं बेहोर्नु पर्ने त्यस्तै भारतबाट आउनेहरू यातायात र होटल क्वारेन्टिनको खर्च पनि स्वयं बेहोर्नु पर्ने लगायतको मापदण्ड रहेको जनाएको छ ।

सरकारले पहिलो चरणमा २५ हजारलाई तत्काल ल्याउने योजना तय गरेको छ । त्यस्तै विदेशबाट आउनेहरूलाई काठमाडौँमा राख्नका लागि बनाइने होल्डिङ सेन्टरको जिम्मेवारी नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।