शुक्रबार, चैत्र १६, २०८०

म्यानमारबाट २६ र युएईबाट १ सय ६८ नेपाली काठमाडौं आइपुगे

काठमाडौ जेठ २३ , सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यको पहिलो चरण सुरु गरेको छ । पहिलो चरण अन्र्तगत शुक्रवार म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स नेपाली यात्रुहरुलाई लिएर विहान पौने ११ बजे काठमाडौंमा अवतरण भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालमा रहेका म्यानमारका नागरिक लिन आएको विमानले म्यानमारमा रहेका नेपालीहरुलाई ल्याएको हो । ‘सीसीएमसी’ को संयोजनमा उनीहरुलाई उद्दार गरिएको हो । उद्दार गरिएका सबैलाई विमानस्थलवाट नेपाली सेनाले निर्माण गरिएको होल्डिङ सेन्टर मार्फत सम्बन्धित प्रदेश पठाइने छ । म्यानमारबाट फर्किएका माध्ये बाग्मती प्रदेशका १७ जना, प्रदेश एक ४ र गण्डकी प्रदेशका  ४ का र प्रदेश ५ का १ जना रेहका छन ।

यसरी ल्याइएका मानिसहरु राख्नका लागि प्रदेश अनुसार उपत्यकाका होल्डिङ सेन्टर स्थापना गरिएको छ । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको हो । होल्डिङ सेन्टरवाट उद्दार गरिएका नागरिकलाई सबन्धित प्रदेशमा पठाउने योजना रहेको छ ।

यसैवीच आजै साँझ युएईमै रोकिएका नेपाली नागरिलाइ एयर अरेबियाको जहाजबाट नेपाल ल्याइएको हो । उनीहरु शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उक्त जहाजमा एक नेपालीको शव पनि ल्याइएको थाहा भएको छ । विदेशबाट आएका नेपाली नारिकलाई काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि समान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।