शनिबार, बैशाख ८, २०८१

मुलुकको ७७ मध्ये ७६ जिल्ला कोभिड संक्रमणको चपेटामा,असार १० गतेदेखि लकडाउनको चर्चा हल्लामात्रै 

काठमाडौ असार ८,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकको ७७ जिल्ला मध्ये ७६ जिल्ला कोभिड– १९ को सङ्क्रमणको चपेटामा परेको जनाएको छ । त्यस्तै बाँकी एक जिल्ल अर्थात रसुवा मात्र एक जिल्ला हो जहाँ आजको मिति सम्म कोभिड संक्रमित नरहेको मन्त्रालयको भनाइ रहेको छ ।

त्यस्तै मन्त्रालयले कोभिड सक्रमणको पहिचानको लागि २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको जानकारी दिदै मन्त्रालयले कूल जनसङ्ख्याको दुई प्रतिशतलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक समाग्रीको व्यवस्थापन भइरहेको जनाएको छ । साथै ातवटै प्रदेशमा अक्सिजन प्लान्ट सहित १ हजार क्षमताको भेन्टिेलटर सहितको सघन उपचार कक्ष प्रबन्ध गरिएको जनाएको छ । त्यस्तैगरि यसवीचमा परीक्षणका लागि संकmन गरिएको २० हजार स्वाबको नतिजा आउन बाँकी रहेको समेत मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड संक्रमितको कुल सख्या ९हजार ५६१ मध्ये हालसम्म १६१ महिला र १ हजार ९६१ पुरुष गरी २ हजार १६२ जना संक्रमित उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट २३ जनाको निधन भएको जानकारी दिएका छन ।

त्यस्तै सरकारले फेरि असार १० गतेदेखि लकडाउन गर्ने हल्ला संगै बजारमा अनेकन टिकाटिप्पणी हुँदै गर्दा यो केवल हल्लाका लागि हल्ला भएको र पहिले जस्तो देशैभर अव लकडाउन नहुने जानकारी  सरकार सम्वद्ध अधिकारीहरुले दिएका छन । यद्यपी तीअधिकारीहरुका अनुसार सरकारले आवश्यकता अनुरुप गत असार ४ मा बसेको सिसिएमी बैठक मार्फत लकडाउनको जिम्मा संगै जिल्ला र पालिका सिल गर्ने अधिकार समेत प्रदेश सरकारलाई दिए अनुरुप कहाँ के गर्ने वा नगर्ने हो त्यसको जिम्मा प्रदेश सरकारमा निहित रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।