शुक्रबार, बैशाख ७, २०८१

मुलुकका प्रतिष्ठित व्यापारिक घरानाका ९ जुवाडेलाइ ५ दिन हिरासतमा राख्दै अनुसन्धान गर्न प्रशासनको अनुमति

काठमाडौं जेठ २०, नेपाल प्रहरीले जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका व्यवसायीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका वडा न १ कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार साँझ नगद २ लाख ७७ हजार ७यस ७ रुपैयाँ, क्वाइन १ सय ७९ वटा र ५ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं पानीपोखरी बस्ने ५९ वर्षीय पुरुषोत्तम अग्रवाल,पुतलीसडक बस्ने ६० वर्षीय रामचन्द्र सनहाई, बानेश्‍वर बस्ने ६५ वर्षीय सुरेश अग्रवाल,डिल्लीबजार बस्ने ६३ वर्षीय नन्द किशोर शर्मा, लाजिम्पाट बस्ने ५८ वर्षीय अशोक अग्रवाल,पुतलीसडक बस्ने ६१ वर्षीय गोबिन्द अग्रवाल, सामाखुशी बस्ने ३६ वर्षीय निकी जोगाई,ललितपुर सानेपा बस्ने ६० वर्षीय बिमल खेतान र भक्तपुर मध्यपुर ठिमी बस्ने ५९ वर्षीय विमलअभुजा रहेका छन् ।

प्राप्त जानकारी अनुसार पक्राउ परेका सवै जुवाडे मुलुकका प्रतिष्ठित व्यपारिक घरानासँग जोडिएका व्यक्ति रहेको बताईएकोछ । त्यस्तै म्याद थप संगै प्रहरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु