शुक्रबार, बैशाख १४, २०८१

भर्चुअल मिटिङमा पोर्न भिडियो प्ले भएपछि

काठमाडौं असार ८, नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आतिथ्यतामा आयोजित भर्चुअल बैठकमा ह्याकर आतंक भएको छ ।

प्राप्त जानकारी अनुसार बैठकका मन्त्री भट्टराईले प्रमुख अतिथि अभिव्यक्ति दिने क्रममा एक्कासी पोर्न भिडियो बज्दा परिस्थिति अन्योलपूर्ण भएको थियो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा आईडीबाट यस्तो हर्कत भएको बताइएको छ ।

तर अश्लिल भिडियो प्ले भएपछि तत्कालै एडमिनले भिडियो काटेका थिए उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।