शुक्रबार, चैत्र १६, २०८०

भक्तपुरका प्रहरी जवान सहित ३ जनामा कोभिड सङ्क्रमण ,सञ्चार कक्ष सिलबन्दी

काठमाडौं असार ४ , भक्तपुरमा फेरि प्रहरी जवान सहित ३ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोभिड  पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी त्यहाँ कार्यरत थप १२ जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएके छ ।

त्यस्तै क्वारेन्टिनमा राखेका १२ जना प्रहरीको आजै स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पिसिआर गरिएकोमातयारी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएके छ ।

त्यसैगरी भक्तपुर नगरपालिका– वडा न ६ बस्ने २२ वर्षीय पुरुष र गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड सङ्क्रमण पुष्टि भएका तीनै जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।