शुक्रबार, बैशाख १४, २०८१

बन्दाबन्दी खुकुलो भयो भन्दैमा वेपरवाह नहुन प्रम ओलीको आग्रह

काठमाडौं असार १ , प्रधानमन्त्री केपी ओलीले कोभिड न्यिन्त्रणका लागि जारी बन्दाबनदी अन्त्य भएको नभई केही खुकुलो पारिएको बताउनुभएको छ ।
नेपाल टेलिभिजनमार्फत आज बैकल्पिक शिक्षाको शुभारम्भ गर्दै उनले कोभिड महामारी रोकिनुको सट्टा फैलँदो क्रममा रहेकाले जारी बन्दाबन्दी खुकुलो भयो भन्दैमा वेपरवाह नहुन र सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।

त्यस्तै उहाँले सामाजिक दुरी पालना नगर्ने आवश्यक सतर्कता नअपनाउने र मनखुसी चल्ने गरेमा सिंगो समुदाय नै संक्रमित हुने जोखिम रहने भन्दै समग्र शैक्षिक सत्र प्रभावित नहोस् भनेर विद्यालय तहका बालबालिकाका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।