बिहिबार, चैत्र १५, २०८०

बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा प्रवाहलाइ सहज र प्रभावकारी बनाउने प्रशासनको निष्कर्ष

उपत्यकाका ३ वटै जिल्ला प्रशासन र सुरक्षा अधिकारीवीच बैठक :

सुरक्षाका उपाय सहित जारी बन्दाबन्दीलाई खुकुलो पारेर अगाडि बढ्नका लागि सुझाव सहित नेपाल चेम्वरको आग्रह

काठमाडौ  जेठ २२, काठमाडौ , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

प्राप्त जानकारी वारी बन्दाबन्दीको क्रममा अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय सहितको कार्य सम्पादन गर्ने निष्कर्ष सहित सरकारले शुक्रबारदेखि विदेशमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउँदै गरेको नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरूलाई सहजरूपमा व्यवस्थापन गर्ने निर्णय गरेको थाहा भएको छ ।

त्यस्तै जारी बन्दाबन्दीका वीच अवस्था गम्भीर भएको भन्दै जनस्तरबाट उठेका प्रश्नमा समेत आवश्यक छलफल र सोका समीक्षा गर्दै सरकारलाई केही महत्वपूर्ण विषयवस्तुमा सहजीकरणका लागि सिफारिस समेत गरिएको बुझिएको छ ।

यसैवीच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्ववको प्रतिनिधीमण्डलले आज काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग सामुहिक छलफलमा सुरक्षाका उपाय सहित जारी बन्दाबन्दीलाई खुकुलो पारेर अगाडि बढ्न अवश्यक रहेको भन्दै नितिगत निर्णय गर्न आग्रह गर्नु भएको छ ।छलफलका क्रममा ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीले व्यवसायीवृतबाट प्राप्त सुझावलाइ कार्यान्वयन मुखि बनाइने बताउनुभएको बुझिएको छ ।

व्यवसायीवृतले आफ्नो सुझावमा बिहान ११ बजेदेखि सांझ साढे ५ बजे सम्म उद्योग तथा बजार सञ्चालनको वातावरण मिलाउन र दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।