शुक्रबार, चैत्र १६, २०८०

प्रहरीले भने- रुपन्देही हत्याकाण्डको हत्यारा तत्काल नियन्त्रणमा आउँछ

आपराधिक घटनाले आमनागरिकमा थप आतंक सिर्जना भएको काँग्रेसको ठहर

काठमाडौं जेठ २८ रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्ममा मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या प्रकरणको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले अनुसन्धान शुरु गरेको हो ।

अनुसन्धान टोलीको घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछ संगै हत्या गरिएका पाँचै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल को रिपोर्ट पर्खेर बसेको जनाएको छ । त्यस्तै हत्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीलाई पक्राउ गरेको जनाउदै अनुसन्धानपछि हत्या प्रकरणको यर्थात विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

यसैवीच नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भइरहेको अवस्थामा यस प्रकारका आपराधिक घटनाले आमनागरिकमा थप आतंक सिर्जना भएको उल्लेख गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले पनि पाँच जनाको ज्यान जाने गरी भएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।