शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री ओलीलाइ ध्यानाकर्षण गराउदै काँग्रेसले भन्यो- महामारी नियन्त्रणमा ध्यान देउ

काठमाडौं जेठ २८, नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी ओलीलाइ ध्यानाकर्षण पत्र बुझाएको छ । कोभिड १९को महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै गम्भिरता देखाउन ध्यानाकर्षण
सहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कांग्रेसले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले प्राप्त सुझावहरुलाई गम्भिरताका साथ ग्रहण गर्ने प्रतिक्रिया दिदै कोभिड नियन्त्रणका लागि प्राप्त सुझावहरुलाई कार्यान्वयन हुनेमा विस्वस्त हुन समेत आग्रह गर्नु भएके थियो ।

काँग्रेसको ध्यानाकर्षणपत्रमा मुलत बन्दाबन्दीको साढे २ महिनाभन्दा बढी समय वित्दा समेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेसनको व्यवस्था गर्न नसकेको ,क्वारेन्टाइनको व्यवस्थापन हुन नसकेको जस्ता विषयगत एजेन्दालाइ उठान गरिएकोछ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु