शुक्रबार, बैशाख १४, २०८१

प्रतिष्ठित व्यापारिक घरानाका ९ जना भीआइपी जुवाडे धरौटीमा छुटे

काठमाडौं जेठ २३ , लकडाउनका समयमा  काठमाडौं महानगरपालिका वडा न. १ कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा   जुवाखालबाट रङ्गेहात पक्राउ परेका मुलुकका प्रतिष्ठित व्यापारिक घरानाका ९ जना भीआइपी जुवाडे धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आरोपित अशोक अग्रवाललाई ४० हजार र बाँकी ८ जनालाई जनही ३० हजारका दरले धरौटी लिएर तारेखमा छाडेको हो ।

रिहा हुनेमा अग्रवालसहित नन्द किशोर शर्मा, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा, सुरेश अग्रवाल र होटलका सञ्चालक भारतका मिक्की जोगाइ रहेका छन्।

गत सोमबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थियो । अनुसन्धान सकेर आज फेरि सिडीओ कार्यालयमा उपस्थित गराइएकोमा उनीहरुलाई धरौटीमा छाड्न प्रशासनले आदेश दिएको हो।

सोमबार साँझ कमलादीस्थित होटल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।