काठमाडौं असार ७ , महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गरेको अभियोगमा तीन जना सवारी चालकहरूलाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४५८० नम्बरको हाईस गाडीका चालक २६ वर्षीय राहुल डबगर, झापाबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५८३४ नम्बरको यात्रुवाहक बसका चालक ४० वर्षीय राकेश शाक्य र नेपालगंजबाट काठमाडौतर्फ आएको ना.७ ख ७३९५ नम्बरको यात्रुवाहक बसका चालक ३४ वर्षीय रुद्र बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेको सवारी चालकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट जारी गरेको पास तथा निजहरुको सवारी गाडीमा सवार अन्य व्यक्तिहरुको कोभिड १९को पिसिआर रिपोर्ट माग्दा कागजात नभएकोले ३ वटै सवारी साधनको चालकलाइ पक्राउ गरेको जनाएको छ ।
त्यस्तै सवारी चालक डबगरले प्रति यात्रु २ हजार भाडा लिई ७ जना यात्रीबाट १४ हजार रकम चालक शाक्यले १९ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३८ हजार लिएको तथा खत्रीले १५ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३० हजार भाडा लिई यात्रु ओसार पसार गरेको समेत प्रहरीले जनाएको छ ।
सवारी चालक पक्राउ परेसंगै सवारी साधनमा सवार ४२ जना यात्रुहरूलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाउनुका साथै ३ वटै सवारी साधनको चालकहरूलाई सवारी साधन, बरामद रकम सहित संक्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान