शनिबार, बैशाख ८, २०८१

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं असार ३ , नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।