शुक्रबार, बैशाख ७, २०८१

पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले १९ गते बबरमहलमा वृहत प्रदर्शन गर्ने

काठमाडौं असार १५ , नेपाल पत्रकार महासङ्घको उपलब्ध पदाधिकारी आज बसेको बैठकले असार १९ गते बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने भएको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ सङ्क्रमणले सञ्चार क्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका विषयमा गम्भीर समीक्षा गरी बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको निष्कर्ष सहित यस्तो निर्णय गरेको हो ।

त्यस्तै यसवीचमा सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद्, पेशागत सङ्घसङ्गठन, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय पत्रकार महासङ्घ [आइएफजे], अन्तरराष्ट्रिय श्रम सङ्गठन [आइएलओ] लगायतका राष्ट्रिय, अन्तरराष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गर्ने निर्णय समते गरेको विज्ञप्तिीम उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।