बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा ४ सय ६३ जना नयाँ संक्रमित थपिए

काठमाडौ असार १४,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ६३ जना नयाँ संक्रमित थपिएसंगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारीदिनु भएको  छ।

पछिल्लो २४ घण्टामा मोरङका १७, झापाका २, उदयपुरका ६, इलामका १, सुनसरीमा १, जनकपुरमा १०, महोत्तरीका ५६, डडेलधुराका १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४,रौतहटका १७, सर्लाहीका १, सिन्धुपाल्चोकका १ जना त्यस्तै गुल्मीका २०, कपिलवस्तुका २, धादिङका १, ललितपुरका १, बाजुराका ६३, कास्कीका ५, नवलपरासी पूर्वका ३१, बाग्लुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १, म्याग्दीका २ जनामा र कपिलवस्तुका १, पाल्पाका २, प्युठानका ३५, गुल्मीका १ र रुपन्देहीका १२, दाङका ३४, कपिलवस्तुका ५, रोल्पाका १, बाजुराका ३३, रुकुम पश्चिम १, सल्यानका १, कैलालीका १७, डोटीका १३ जनामा संक्रमण पुष्टि भएको जानकारीदिनुभएकोहो ।

त्यसतै प्रवक्ता गौतमले २ लाख १५ हजार ८ सय ३९ वटा पीसीआर परीक्षण हुनुको अलावा कोभिड संक्रणमुक्त भई डिस्चार्ज हनेको सख्या ३ हजार १३ पुगेको जानकारीदिनु भएको  छ ।  त्यस्तै उहाँले देशैभर ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा र ९ हजार ७ सय ३१ जना आइसोलेसनमा रहेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।