शनिबार, बैशाख ८, २०८१

नेपालमा कोभिड १९ संक्रमितको सख्या ११ हजार ७ सय ५५ पुग्यो

काठमाडौं असार १२, नेपालमा कोभिड १९ संक्रमितको सख्या ११ हजार ७ सय ५५ पुगेको छ । आज ५ सय ९३ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले कुल संक्रमित मध्ये उपचार पछि डिस्चार्ज डिस्चार्ज हुनेको सख्या पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएसंगै २ हजार ६ सय ९८ पुगेको जनाएको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

साथै मन्त्रालयकयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार ३० जना आइशोलेशनमा र ७१ हजार १२ जनाक्वारेन्टिनमा रहेको त्यस्तै पीसीआर विधिबाट २ लाख ६ हजार ७ सय ७१ जनाको परीक्षण गरिएको जानकारीदिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।