शनिबार, बैशाख ८, २०८१

नेपालमा कोभिड संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं असार ९ , नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका क्षयरोग र दमको विरामी समेत रहेका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार ९० महिलासहित ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ चने उपचार पछि डिस्चार्ज हुनको संख्या पनि  २ हजार २ सय २४ जना पुगेको जनाएको छ ।

त्यस्तै पछिल्लो डेटा अनुसार ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालको आइसोलेसनमा र ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका रहेको जानकारीदिनु भएको छ । साथै उहाँले पीसीआर विधिबाट १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।