शुक्रबार, बैशाख १४, २०८१

नेकपा स्थायी समिति बैठकमा प्रम केपी ओलीको चर्को आलोचना सहित राजिनामा माग

काठमाडौ असार १६, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भएको छ । प्रधानमन्त्री र सरकारको काम कारवाही चित्त बुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष प्रचण्डले राजिनामा समेत मागेका छन ।

आफुलाई भारतले हटाउन चलखेल गरेको अभिव्यक्ति दिएर विवादमा आएका प्रधानमन्त्री प्रति प्रचण्ड सहित पार्टीका शिर्ष नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम सहितका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएको सम्वद्ध स्रोतले जनाक्एो छ ।

आफूलाई हटाउन दूतावासको सक्रियता बढेको र होटलहरूमा गतिविधि बढिरहेको भनेर ओलीले आइतवार दिएको अभिव्यक्ति सम्बन्धमा नेताहरूले मंगलवारको बैठकको शुरूमै स्पष्टीकरण माग गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।