शुक्रबार, चैत्र १६, २०८०

नेकपाको सचिवालय बैठक: विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकताको प्रस्ताव स्वीकृत

काठमाडौं असार ६ , सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने मौजदा व्यवस्था परिवर्तन सहित ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमाथि सुशासन समितिमा जारी छलmिलकावीच सत्तारुढ दल नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नागरिकताका लागि ७ वर्ष समयसिमामा समर्थन गरेपनि सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने डहर नकेपाले गरेको छ ।

यसअघि नेपाली कांग्रेस वैवाहिक अंगीकृत नागरिकताबारे नागरिकता ऐन २०६३ कै प्रावधानकै निरन्तरताको पक्षमा अडिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले नागरिकता ऐन २०६३ कै प्रावधानलाई निरन्तरता दिनुपर्ने पार्टीको पूर्ववत अडानमा यथावत रहने निर्णय यसअघि नै गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।