बिहिबार, बैशाख १३, २०८१

नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौं असार ५,    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले महानगरपालिका वडा न १४ कुलेश्व बखु आसपासको क्षेत्रबाट सिन्धुली घ्याङलेख गाउँपालिका १ बस्ने २६ वर्षीया सबिना गिरी त्यस्तै गरि १४ बल्खु सुकुम्बासी टोल बस्ने मकवानपुर मनहरी गाउँपालिका९१ घर भएका ३३ वर्षीय भिम बहादुर तितुङ र नुवाकोट लिखु गाउँपालिका ६ बस्ने २० वर्षीय प्रकाश परियारलाई पक्रउ गरेको छ ।

प्रहरीका अनुसार पक्रउ परेको तीनै जना मध्ये गिरीलाइ नियन्त्रित लागूऔषध डाइजेपाम ७८ एम्पुल, बुप्रेनोर्फिन ७८ एम्पुल र फेनारगन ८० एम्पुल सहित र तितुङ रपरियालाइ पनि लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित  पक्राउ गरेको जनाएको छ।

पक्राउ व्यक्ति उपर लागूऔषध मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।