शुक्रबार, चैत्र १६, २०८०

निजामति सेवा ऐन विरुद्ध कर्मचारीहरु आन्दोलित

काठमाडौं असार १६ , राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध कर्मचारीहरुनै आन्दोलनमा उत्रिएका छन् । समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेको हो ।

निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास वेगरको ऐन आफुहरुलाई मान्य नभएको र आफ्ना माग सम्बोधन गर्नेतर्फ सरकार उदासिन भए चरणवद्धरुपमा थप आन्दोलन गर्ने पनि पछि नपर्ने आन्दोलनकारी नासुहरुको भनाइरहेको छ।

त्यस्तै आन्दोलित सिंहदरवारभित्र कार्यरत नासुहरुले शाखा अधिकृत तहमा बढुवा र आन्तरिक प्रतिष्प्रर्धाको सुनिश्चितता, एकै पदमा १२ बर्षसम्म बढुवा नभए स्वतह बढुवा, सेवामा रहेका कर्मचारीलाई उमेरको हदबन्दी लगाउन नपाइने, अघिल्लो पदको सेवाअवधि जोड्नुपर्ने माग गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।