शुक्रबार, चैत्र १६, २०८०

नागरिक अधिकारमाथि ठाडो हस्तक्षेपको काँग्रेसले गर्यो भत्र्सना

काठमाडौ असार १० , नेपाली काँग्रेसले शान्तिपूर्णरुपमा ज्ञापनपत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकारमाथि ठाडो हस्तक्षेप गर्दै सरकारले संविधानको भावना र मर्मविपरीतका क्रियाकलाप गर्न थालेको आरोप लगाउँदै काँग्रेसले भत्र्सना गरेको छ ।

रुकुमपश्चिममा नवराज विकलगायत छ जनाको जघन्य हत्याको विरोध सहित  संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजको अगुवाइमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र शान्तिपूर्ण धर्नामा बस्ने क्रममा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले लाठीचार्ज र धरपकड गरेको भन्दै काँग्रेसले आपत्ती जनाएको हो ।

काँग्रेसले आज जारी विज्ञप्तिमा सुरक्षाकर्मीले काँग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र लक्ष्मी परियार तथा राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ र्पुर्कुटी, शोभा विश्वकर्मा, सङ्घर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म बिडुवाल र दुर्गा विश्वकर्मालाई गिरप्तार गरेको समेत उल्लेख गर्दै लाठी प्रहारबाट केन्द्रीय सदस्य लक्ष्मी परियार गम्भीर घाइते हुनुभएकाले थुनाबाट उपचारका लागि अस्पताल लगिएको र घटनामा अन्य धेरै व्यक्ति घाइते भएको उल्लेख गरिएको छ ।

साथै गिरफ्तार गरिएका सबैको तत्काल रिहाइ गर्न र घाइतेको उचित उपचारको व्यवस्था गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।