शुक्रबार, चैत्र १६, २०८०

नयाँ ३ सय ८० जना संक्रमित थपिएसँगै संक्रमितको सख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं असार २ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा  कोभिड—१९ नयाँ संक्रमित ३ सय ८० जना थपिएसँगै ६ हजार ५ सय ९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार मुलुकका विभिन भागमा गरिएको परीक्षणको क्रममा नयँँ संक्रमितको सख्या वृद्धि भएको जानकारी दिनुभयो ।

त्यस्तै प्रवक्ता गौतमले संक्रमित मध्ये उपचारपछि डिस्चार्ज हुनेको सख्या १ हजार १ सय ५८ जना पुगेको जनाउदै  आजको मिति सम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको जनाएको छ ।

त्यस्तै देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।