मङ्लबार, बैशाख ११, २०८१

नक्कली नेपाली नोट सहित इमरान खाँ पक्राउ

काठमाडौं जेठ २५, पचरौता नगरपालिका-८ लंगडाचोकबाट १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारत बिहार बताउने सोही नगरपालिका-४ मामा घरमा बस्दै आएका २१ वर्षीय इमरान खाँलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पचरौता नगरपालिका-८ लंगडाचोकस्थित पसलमा रिचार्ज कार्ड किन्ने क्रममा खाँले जाली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त नोटहरु बरामद भएको जनाउदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।