शनिबार, बैशाख ८, २०८१

दुई तिहाईभन्दा बढी मतले नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव पारित

काठमाडौं जेठ ३१,  प्रतिनिधिसभाको आज बसेको बैठकले नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ।

नेपालको संविधान [दोस्रो संशोधन] विधेयक २०७७ पारितका लागि भएको मतदानमाको क्रममा २५८ सांसदले भाग लिएको थियो भने संशोधनको पक्षमा २५८ र विपक्षमा शून्य मत परेको थियो।

त्यस्तै संशोधनको पक्षमा परेको सख्या दुई तिहाईभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।