शनिबार, बैशाख ८, २०८१

थप ६२९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सख्या १० हजार ७२८ पुग्यो

काठमाडौं असार १० ,नेपालमा थप ६२९ जना नयाँ कोभिड संक्रमितको पहिचान भएसंगै सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र ९९ हजार ६३४ पुरुष छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला गरी कुल ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

त्यस्तै प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि डिस्चार्जभएसंगै उपचारपछि डिस्चार्ज हुनेको सख्या २ हजार ३३८ पुगेको जानकारी दिनुको अलावा डिस्चार्ज हुनेमा १९७ महिला र २ हजार १४१ पुरुष रहेको बताए।

त्यस्तै पीसीआर विधिबाट १ लाख ९३ हजार ,१९४ वटा संक्रमण परिक्षण भएको जानकारी दिदै ७८ हजार ६३९ जना क्वारेन्टिनमा र आठ हजार ३६६ जना आइसोलेशनमा रहेको बताए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।