शनिबार, बैशाख ८, २०८१

डिल्लीबजार मालपोतका अधिकृत कँडेलसहित ५ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं असार ३ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जनालाइ घुस रकम रु ८ लाख ५० हजार सहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्त प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार पक्राउ परेको प्रशासकीय अधिकृत कँडेलसहित ५ जनाले ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका  थिए । तर सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी माग भएको १० लाख मध्ये ८ लाख ५० हजार घुस दिदै गर्दा कँडेलसहित ५ जना घुस रकम सहित नगरपालिका वडा नं. ९ सामाखुशीस्थित स्काई पार्टी प्यालेस अगाडिबाट उक्त रकम सहित रङ्गेहात पक्राउ परेको उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालय मालपोत अधिकृत रघुवंश कंडेल, नासु उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल रहेका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।