बुधबार, बैशाख १२, २०८१

ज्येष्ठ नागरिकलाइ घरघरमै विशेष भत्ता पुर्याउदै महानगर १९ का जनप्रतिनिधि

काठमाडौं जेठ २९ ,  काठमाडौ महानगरपालिका वडा न.१९ ले  विगत केहि दिन यता देखि     ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण  गर्ने कार्यलाइ तिव्रता दिएको  छ ।वडाध्यक्ष शशिलाल श्रेष्ठका अनुसार   आफ्नो  वडामा ७५ वर्ष पुगेका   १४६ जना महिला र  ८० वर्ष उमेर पूरा हुनुभएका  ३६ ज्येठ नागरिक पुरुष रहेको जानकारी दिदै वडा कार्यालयमा आउन सक्ने लाइ कार्यालयबाटनै र नसक्ने ज्येष्ठ नागरिकको हकमा उहाँहरुको घरघरमानै पुगेर वितरण गर्दै आइरहेको बताए ।

त्यस्तै वडा सदस्य चन्द्रमान डंगोलले आफ्ना वडाका ज्येष्ठ नागरिक मध्ये विरअस्पतालको आइसियुमा अस्पतालमा उपचार गराई राख्नुभएका पुननारायण महर्जनलाइ अस्पतालमानै पुगेर भत्ता वितरण  गरेको बताए।  त्यस्तै अर्का वडा सदस्य मधुसुदन प्रधानले आफ्ना वडाका ज्येष्ठ नागरिक जहाँ छन त्यहि पुगेर भत्ता वितरण गर्ने कार्ययोजना अनुरुप कार्यसम्पादन भइरहेको जानकारी दिदै वडामा पहिचान गरिएका ८ जना अपांगता भएका व्यक्तिलाइ रु ३ हजार र विशेष भत्तावापट प्रति व्यक्ति रु १२ हजार वितरण गरिएको जानकारी दिए ।

त्यस्तै यसवीचमा उमेर पुगेका तर नाम दर्ता गराउन नपाएका वडाका ८ जनाथप ज्येष्ठ नागरिक समेतलाइ भत्ता वितरण गरिएको सदस्य प्रधानले बताए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामपाले यस वर्षदेखि ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण गर्न शुरु गरेको हो । वडा नं १९  मा ७५ वर्ष उमेर पूरा हुनुभएका महिलाको संख्या १४६ र ८० वर्ष उमेर पूरा हुनुभएका पुरुषको संख्या ३६ रहेको छ । त्यस्तै, अपांगता भएका ८ जना व्यक्ति रहेका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।