शनिबार, बैशाख ८, २०८१

छुपुछुपु हिलोमा धान रोपेर दही च्यूरा खाँदै मनाइयो धान दिवस [फोटो फिचर ]

काठमाडौं असार १५, प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाँदै    मनाइएको छ  । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो समेत गर्ने गरिन्छ । यसवीचमा दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास सहित दही च्यूरा समेत खाने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।