शुक्रबार, बैशाख १४, २०८१

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोभिड संक्रमणको प्रभाव ,आज थप १६ जना संक्रमितको पहिचान

काठमाडौं असार ७ , गण्डकी प्रदेशमा आज थप १६ जना कोभिड संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा ९, म्याग्दीमा ४ , तनहुँमा १ र पर्वतमा २ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । यो संगै गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमण फैलिएकोछ ।

त्यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र ९ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् । तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु  शर्माले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख रहेको छ ।