बिहिबार, चैत्र १५, २०८०

कोभिड संक्रमितको सख्या दिनानुदिन बढ्दो , आजमात्रै ५ सय ८६ जना संक्रमितको पहिचान

काठमाडौं असार ३ , नेपालमा कोभिड संक्रमितको सख्या दिनानुदिनबढ्दो रहेको छ । आज सवैभन्दा बढि संक्रमितको  संख्या पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज मसलुकको विभिन्न क्षेत्रमा गरिएको परीक्षणको क्रममा एकपटक ५ सय ८६ जना नयाँ संक्रमित थपिए संगै संक्रमितको सख्या ७ हजार १ सय ७७ पुगेको छ । त्यस्तै संक्रमणका कारण  आज थप एकको मृत्यु भएसंगै मृतकको सख्या पनि २० पुगेकोछ ।

त्यस्तै पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको जनाउादै मन्त्रालयले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना र ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेको जानकारीदिएको छ ।

साथै संक्रमित मध्ये १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी मन्त्रालयले दिएका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।