संरचनागत पूर्वाधार विनानै वडा न. १९ को प्रत्येक घर-घरमा पानीको खोक्रो आश्वासन, सस्तो लोकप्रियताको लागि मानवीय स्वास्थ्यका लागि पिउन अयोग्य पानीको नाममा अनेकन प्रचारवाजी
काठमाडौ असार १३ , विगत लामो समय देखि खानेपानीको काकाकुल लाइ आफ्नो दैनिकी बनाउदै आइरहेका महानगरपालिका वडा न १९ का स्थानीयको नाममा फेरि एकपटक विकासको नाममा असारे बजेट हजम पार्ने मेलोमेसो शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा न. १९ कंकेश्वरी मन्दिर परिसरमा तत्कालीन भौतिक आवास तथा निमांण मन्त्री हिसिया यमीको समयमा खानेपानीको काकाकुलको अवस्थालाइ दृष्टिगत गर्दै गाडिएको डिप वोरिङ्गबाट उत्पादन भएको पानी मानव स्वास्थ्यको दृष्टिकोणले पिउन अयोग्य भएकै कारण एक दशक भन्दा लामो समय यता देखि यतिकै रहेको थियो ।
पछिल्लो समय उक्त डिप वोरिङ्गमा फिल्टर प्लान्ट जडान गर्दै वोरिङ्गबाट उत्पादित पानीलाइ पिउन योग्य बनाउने नाममा काठमाडौं निर्वाचन क्षेत्र न. ८ क प्रदेशबाट बाग्मती प्रदेश सभाका सदस्य रहनु भएका प्रदेश सभासद राजेश शाक्यको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत विनियोजित बजेट आर्थिक वर्षको समाप्ती संघारमा खानेपानी संग प्रत्यक्ष सरोकार राख्ने वडावासी वृतमा कुनै सल्लाह वा जानकारी वेगर एकतर्फी प्रारुपमा स्थानीय निकाय अन्र्तगत वडा समितिको क्षेत्राधिकार माथि समेत हस्तक्षेप गर्दै करोडौ रुपैयाको बजेट उपभोक्ता समिति मार्फत चलाउने परिपञ्च बनेसंगै प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट असारे बजेटमा रुपान्तरण गर्ने मेलोमेसो शुरु भएको हो ।
यहाँसम्मकी स्थानीय क्षेत्रमा खानेपानीको वितरण गर्दै आइरहेका क्षेत्रपाटी शाखा सम्वद्ध विज्ञ स्रोतका अनुसार उक्त डिप वोरिङ्गबाट उत्पादित पानीमा एमोनियाको मात्रा अत्याधिक रहेका कारण मानव स्वास्थ्यका लागि पिउन अयोग्य भएकै कारण विगतमा पनि फिल्टर जडान जस्ता अनेकन चर्चा चलेपनि जडान नगरिएको र यसपटक पनि संस्थानको तर्फबाट गरिएकोे वहृत अध्ययनको क्रममा विगतमा जस्तै एमोनियाको मात्रा उल्लेख्य रहेको रिपोर्ट बुझाएको जानकारी दिएका छन । त्यस्तै यसवीचमा फिल्टर प्लान्ट नै जडान गरेपनि उत्पादित पानी पिउन योग्य हुने विषय आफैमा शंकाको घेरामा रहेको संस्थान स्रोतको दावी रहेको छ ।
तथापी फिल्टर प्लान्टको जडान पछि पिउन योग्य मानी नै उत्पादन भएपनि सिङ्गो १९ वडामा वितरण गर्ने संरचना सहितको पूर्वाधार समेत बनी नसकेको अवस्थामा खोक्रा आश्वासन अन्र्तगत १९ वडाका प्रत्येक घर-घरमा मात्र नभइ आसपासका वडा न १५, १८ र २० न वडामा समेत पानी वितरण गर्ने हौवा पिटिनु जस्ता मुलभुत पक्ष केन्द्रीत हुँदै स्थानीय १९ वडा सरोकार मञ्चको तर्फबाट प्रदेशसभा सदस्य राजेश शाक्य , वडा न. १९ का वडाध्यक्ष सरोकारवाला निकाय खानेपानी संस्थानका प्रमुख र उपभोक्ता समितिका अध्यक्ष मिलन शाही र वडा न. १९का स्थानीयवीच लामो रस्सा कस्सी पछि परियोजनाको इतीवृती सार्वजनिकको माग गर्दै सार्वजनिक सुनवाइ कार्यक्रममा संस्थानका जिम्मेवार अधिकारी र उपभोक्ता समितिका अध्यक्ष अनुपस्थित रहेपनि स्थानीयले
परियोजनाको विषयमा प्रदेशसभा सदस्य शाक्य संग अनेकन प्रश्न गर्दैगर्दा उहाँले कुल विनियोजित बजेटमध्ये तत्काललाइ ३९ लाख ७८ हजार ५४३ रुपैयामा [१० प्रतिशत स्थानीयको तर्फबाट अर्थात ३ लाख ९७ हजार ८सय चौवन्न रुपैया र प्रदेश सरकारको तर्फबाट ९० प्रतिशत अर्थात ३५ लाख ८० हजार ६८९] रुपैयाको लगानीमा प्रस्तुत योजना कार्यान्वयन हुने वाहेक उत्पादित हुने पानी खाने योग्य हुने नहुने आफु पानी सम्बन्धी विज्ञ नभएका कारण बताउन असमर्थ रहेको बताए ।
त्यस्तै सुनवाइ कार्यक्रममा पानीको गुणस्तर , वितरण प्रक्रिया संगै मेलम्ची परियोजना लगायतका अनेकन प्रश्न उठेपनि सम्बन्धीत विज्ञ र उपभोक्ता समितिका अगुवा समेत सुनवाइ कार्यक्रममा अनुपस्थित भएसंगै उपस्थित तमाम स्थानीयले आफुले राखेको प्रश्नको समेत चित्तबुझ्दो उत्तर प्राप्त गर्न नसकेको गुनासो सहित प्रस्तावित परियोजना असारे बजेटको मेलोमेसो भएको चर्चा गरेको हो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
- बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार
- किसान विरोधी भूमि बैक कार्यक्रम अविलम्ब खारेज गर्न माग
- दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले ध्यानाकर्षण सहित बुझायो २६ बुँदे सुझाव
- प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दलका नेता देउवाबीच भेटवार्ता
- मन्त्री चौधरी र फिनल्याण्डका राजदुतवीच शिष्टाचार भेट
- क्रोएसिया र पोर्चुगल पठाउने प्रलोभनमा ११ लाख ठगी गर्ने लामा र ठकुरी पक्राउ
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान