शुक्रबार, चैत्र १६, २०८०

कांग्रेसको आसन्न महाधिवेशन पूर्व निर्धारित मितिमा, तल्लो तहको कार्यतालिका परिमार्जन

काठमाडौं असार १६ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको आसन्न महाधिवेशन पूर्व निर्धारित मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ ।

बैठकले मुलुकमा जारी कोभिड संक्रमणका कारण आसन्न् महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।