बिहिबार, चैत्र १५, २०८०

काँग्रेसको ध्यानाकर्षण पछि प्रम ओलीले भने – कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनानै भएपनि कार्वाही गर्छु

कोमिड महामारी : कांग्रेसले ७७ जिल्लामा प्रजिअ ,प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा संसदीय दल  र  विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् सरकारको ध्यानाकर्षण

काठमाडौ असार २ ,नेपाली कांग्रेसले आज ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत , प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई एकसाथ कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न सरकारलाइ ध्यानाकर्षण पत्र बुझाएका छ ।

यसैक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले प्रधानमन्त्री केपी ओलीलाइ ध्यानाकर्षण पत्र बुझाउदै पीसीआर टेष्टको दायरा बढाउनन, क्वारेन्टिन व्यवस्थित गर्न, अस्पतालको व्यवस्थापन मिलाउन, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको अनियमितता छानबिन गर्न माग गरेका थिए ।

त्यसलगत्तै प्रम ओलीले ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयगत एजेन्दा प्रति आफु सकारात्मक रहेको र कोभिड नियन्त्रण, उपचार तथा रोकथामको नाममा कसैले अनियमितता गरेको पाइए नेपाली सेनालाई समेत नछाड्ने भन्दै सरकारको ध्यान अहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न नसकिएको भन्दै ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, उन्मुक्ति किमार्थ पाउँदैन यसमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।  त्यस्तै साथै उहाँले पछिल्लो समय लकडाउन खुकुलो गरेसँगै कोभिड संक्रमणको थप जोखिम बढेकोमा चिन्ता समेत व्यक्त गर्दै कोभिड नियन्त्रणमा भएको सवै खर्च सावैजनिक गर्ने समेत बताउनुभएको छ ।  प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू गगन थापा भीमसेनदास प्रधान, राजन केसी, लगायतका सासंदहरु रहेका थिए ।

यस्तो छ काँग्रेसको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका १० बुँदे माग:

यसैवीच काठमाडौ काँग्रेसले पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत कार्यसमितिले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । जिल्ला सभापति कृष्ण बानियाँ नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।